सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८२८ नमूना परीक्षण गर्दा २०१ जनाको रिपोट पोजेटिभ र ६ सय २७ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढीका ५८ जना धनगढीबाहेक कैलालीका ९० जना र अन्य जिल्लाका ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल अस्पतालमा ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ८ जना निको भई घर फर्किएका छन् भने थप २ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।