केटी:तिम्रो मेरो सम्बन्धको
कुरा काट्न लाका छन
घर कि जेठी छोरी म
हात माग्न आका छन
सिन्दूर चुरा लाइदेऊ
केटा: जति पल्किसके,उमेर बैँस ढल्किसक्यो
अब छिट्टै माग्न आइदेऊ
केटा:
दुई चार वर्ष पर्ख कान्छी
सङै घर बसाउला
आफ्नो सानो दुनियाँ बनाइ
सङै हामी रमाउला
सिन्दूर चुरा लाउला
लाहुरतिर जानदेउ ,दुईचार पैसा आउनदेउ
अनि छिट्टै माग्न आउला
केटा:माया प्रेमले मात्र हेर घरबार के धान्ला ?
केटी: अचानोेको पिर खुकुरीले के जान्ला ?
केटा: घरपैसो नभए सी अरूले के गन्ला ?
केटी स्संगै मिली कमाउला भन्नेले जेसुकै भन्ला !
केटी: सिन्दुर चुरा………………..
केटा: सिँन्दुर चुरा………………..
केटी: गोलभेडाको बोटमा आलु कसरी सारे ?
स्लाइसकेको मायामा पछि हटिन्न क्यारे
केटा: हिजोपछी आज हो आज गयेसी भोलि
यो झिल्केलेनी लाकै हो माया दिल खोली
केटी: लगनगाठो छिट्टै कस्नु भन्छन् बुढापाका
यो जवानी मा हेर कान्छा धेरैको छ आँखा
केटा: राम्रो फुलमा हेर डुल्छन् भमरा धेरै
यो जुनीमा जे गरे नि हुन्छौ तिमी मेरै
केटा: सिन्दुर चुरा………………….
केटी: सिन्दुर चुरा……………………
केटी मान्छे चाहिँ कुवाको कुरा गर्छौँ खोलीको
केटा: जे भने नि मै हु राजा तिमी चडने डोलीको
केटी: न त तिम्रो छाट छ न त गर्छौ आट
माया गर्छु भनी भो भो नढाँट
केटा ः खान्दानी छोरा हु छैन ढाँट्ने बानी
बेला मौका पर्ख नानी मै हु चिम्लाइ लानि
केटी: सिन्दुर चुरा……………………………………
केटा : सिन्दुर चुरा…………………………………….
यो गीतका रचनाकार दिनेश महरा हुन् । उनी पोखरा बस्छन् ।