उत्तरमा फुल्ने गुराँसका फुुुुलले
उसको जीवन रङ्गिन नभएपछि
जल नै जल भएको देशमा
एक घुट पिउन पैसाको खाँचो भएपछि
उ बाध्य छ ,
४ बर्सदेखि खाडीमा गाडिन
बिचरा उसका बुडा बा आमा
बाकस भरि पैसा भर्न गएको उ
आफै भरिएर आउने हो कि
भन्ने त्रासमा बाचिरहेका छन
आउन त
महिनै पिछे डलरका डलर आउँछन्
बाकस भरि पैसा छन
अपशोच तर
बाकसमा भएका ती पैसाले
अशक्त बा आमालाई
एक गाँस खाना पकाइदिदैनन््
रोगले ग्रस्त हुँदा
हस्पिटल पुगाउँदैनन्
हुन त
ठुला ठुला घर छन
तर परिवार छैन
महँगा महँगा सामान छन्
साम्ने मान्छे छैन
भैगो
त्यसैले नभन मलाई रेमिट्यान्सले मेरो देश बन्छ
भैगो
भन्दै नभन मलाई रेमिट्यान्सले मेरो देश बन्छ !
यस कविताका लेखक जीवन प्रेम हुन् । उनी काठमाडौँमा बस्छन्।