खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
चेत छ उनमा बाघ भालु हैनन् केटीहरू, तर पनि डराई कै कल्पनामा हराउँछन्
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
कति प्रयास गरे मैले केटी सामु उनलाई लान,धत् त्यो त मेरो मूर्खता थियो केटी सामु उनका पाइला बेजोडले डगमगाउँछन्
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
कहिलेकाहीँ त सोच्ने गर्छु मेरो माल्दाई गाइनोफोबियाको सिकार त भएनन् अनि सोध्ने गर्छु उनलाई, बस “नकरा” भन्ने शब्दमा जवाफ फर्काउँछन्
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
परिमार्जित पुस्ता हो भनूँ भने पनि अरू दाइँहरूले समयमै घरजम गर्नुभयो अनि कान्छो दाई नि पालो कुरेकोकुर्यै छन
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
आफ्नै दुनियाँमा तल्लीन उनी अचेल मेरो फोन नउठाई बस्न मन पराउँछन्
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन्
खै किन हो मेरो माल्दाई केटी देख्दा डराउँछन् ।।
कविता ✍️लोकेन्द्र शाही , कैलालि