२७ चैत, काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थण्डर्स र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा र धनगढीले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो ।धनगढीको यो लगातार दोस्रो बराबरी हो भने पोखराको पहिलो बराबरी हो । धनगढीले ३ खेलबाट ५ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ ।
ललितपुर सिटी र काठमाडौं रेजर्स समान ५ अंक भएपनि धनगढीगोल अन्तर अघि रहँदै दोस्रो स्थानमा उक्लेको हो ।चार खेल खेलेको पोखरा ४ अंकसहित पाँचौ स्थानमै छ । यो बराबरीले पोखराले शीर्ष चारको यात्रा कायम राख्न अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब बढेको छ ।