अछामको आगलागी पीडितलाई राहत : प्रदेश सरकारबाट ५० लाख उपलब्ध
संवाददाता
बुधबार, चैत २६, २०८१
मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
अ
अ
अ
अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ स्थित जयगढ बजारमा चैत २६ गते साँझ ७:२० बजे भएको भीषण आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले तत्काल राहत स्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। सदरमुकाम मंगलसेनबाट प्राप्त जानकारी अनुसार, आगलागीबाट स्थानीय बासिन्दाको घर–जग्गा, पसल र अन्य संरचनामा गम्भीर क्षति पुगेको छ। प्रारम्भिक क्षति विवरणका आधारमा सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने निर्णय गरिएको हो। मुख्यमन्त्री कमलबहादुर शाहले राहत घोषणा गर्दै भने, “हामी पीडितको पीडामा साथ छौं। अहिलेको आवश्यकता तत्काल राहत र पुनःस्थापनाको हो। प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ।” उनका अनुसार, राहतस्वरूप उपलब्ध गराइएको ५० लाख रुपैयाँ गाउँपालिकामार्फत वितरण गरिनेछ। गाउँपालिकाले यथासिघ्र मानविय सहायता सम्बन्धी मापदण्ड तयार गरी सो अनुसार पीडित परिवारलाई राहत प्रदान गर्नेछ। स्थानीय जनप्रतिनिधिहरू र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। यद्यपि, आगलागीबाट भएको सम्पत्तिको पूर्ण विवरण आउन बाँकी छ। स्थानीय बासिन्दाहरू हाल अस्थायी शिविरमा बसोबास गरिरहेका छन्। साथै, विपद् व्यवस्थापन कार्यालय, स्थानीय तह, प्रहरी प्रशासन र अन्य सरोकारवालाहरू राहत तथा उद्धारमा खटिरहेका छन्। प्रदेश सरकारले दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक थप कदम चाल्ने प्रतिबद्धता पनि जनाएको छ।