धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर छत्याल र केन्द्रीय सदस्य हरि जोशीलाई बधाई तथा सम्मान गरेका छन्।
सोमबार आफ्नै निवासमा आयोजित भेटघाट कार्यक्रममा नेता भट्टले प्रेस चौतारी नेपालको दशौं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै पत्रकारिता क्षेत्रको सशक्तिकरणमा उहाँहरूको योगदान सराहनीय रहेको उल्लेख गरे।
समारोहमा नेकपा एमालेका नेताहरू, पत्रकारहरू तथा शुभेच्छुकहरूको उपस्थिति थियो। भट्टले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सुदूरपश्चिममा प्रेस चौतारी नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिए।