दार्चुलामा पहिलो पटक कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका -४ की ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार विहान मृत्यु भएको हो ।
जेठ १ गते कोरोना पुष्टि भइ जिल्ला अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मी महिलाको आज बिहान मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए । दार्चुलामा अहिलेसम्म कोरोना संक्रमणकाबाट ११ जनाले ज्यान गुमाएका छन् ।