इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हराएको छ । गएराति भएको खेलमा फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो । अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित गर्याे ।
म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र वेस्टह्यामले बराबरी खेलेका छन् । सिटी र ब्राइटनले समान दुई तथा एभर्टन र वेस्टह्यामले एक/एक गोलको बराबरी खेलेका हुन् ।
जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ । २८ खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।