धनगढी बसपार्कको प्रतिक्षालयमा शुक्रवार विहान मृत फेला परेका व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रवार बिहान जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ४ बसपार्क स्थित प्रतिक्षालयमा रगताम्य अवस्थामा २५ /२६ बर्षका एक पुरुष सुतेको अवस्थामा मृत फेला परेका थिए। तीन पुरुषलाई मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
जिल्ला प्रहरीको टोली त्यहाँ पुगेको थियो। ती पुरुषको टाउँको भागमा चोटपटक लागेको थियो। प्रहरीले सिसिटीभि फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त पुरुष राती सुतिरहेको अवस्थामा खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कुटपिट गरी हत्या गरेको देखिएको जनाएको छ।
उनीहरुलाई प्रहरीले पक्राउ गरि कर्तव्य ज्यान मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको अझै पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
यी हुन् हत्यामा संलग्न आरोपमा पक्राउ परेका
१) जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं१ त्रिबेणी चोक बस्ने बर्ष १८ को दिपेन्द्र भन्ने दिपान्सु पौडेल।
२) जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका अन्तर्गत घर भई हाल जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं.०३ बस्ने बर्ष १९ को प्रबिण ऐर।
३) जिल्ला डोटी पुर्वी चौकी गाउँपालिका वडा नं ४ बस्ने बर्ष २० को अनिल कुँवर
४) जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं१ बस्ने बर्ष १८ को युवराज शाही।