बैतडी- बैतडीमा होटेलको कोठाभित्र एक पुरुष मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका (७ स्थित सोहि नगरपालिका( १ घर भएका ५० वर्षिय तेज सिंह नायक मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार नायकलाई बिजु होटेलको १२ नम्बर कोठाभित्र मृत अवस्थामा फेला पारिएको हो। मृत्युको कारणबारे हालसम्म कुनै निष्कर्ष निस्कन नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।