धनगढी – कैलालीको धनगढीबाट पत्रकारिता गर्दै आएका पत्रकार तिलकराज ओझा सम्मानित भएका छन । राष्ट्रिय समाचार समिती ९रासस० ले ओझालाई उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा सम्मानित गरेको हो ।
राससको ६४औँ वार्षिकोत्सवका अवसरमा धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा विगत ११ बर्षदेखी राससमा कार्यरत ओझालाई सम्मानीत गरिएको थियो ।
उनलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिँ सार्कीले रु। २० हजार नगद र प्रमाणपत्रले सम्मानित गरेका थिए ।