धनगढी- सेती नदी–६ जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु भएको छ।
डोटीको बोगटान–फुड्सिल गाउँपालिका क्षेत्रमा सेती नदीबाट चार सय ५० मेगावाट विद्युत् उत्पादनका लागि भौगर्भिक अध्ययनको काम थालिएको हो।
बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले आइतवार ड्रिलिङ्गको उद्घाटन गरेका हुन। पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजना भारतीय कम्पनीले निर्माण गर्दै छ। लगानी बोर्ड नेपालले भारतको एनएचपिसी लिमिटेडसँग जलविद्युत् आयोजनाहरू निर्माणका लागि सम्झौता गरेको छ।