कैलाली-माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको एमाले संसदीय दलको बैठक बुधबार बिहान पुन बस्दैछ ।
संसदिय दलको कार्यालयमा अहिले सांसदहरु पुग्नेक्रम जारी रहेको प्रदेश सभा सदस्य अमर साउदले बताए ।
हिजो विहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिए । १२ बजेपछि पनि बैठक बसेन । आज बुधबार बिहान सवा ८ मा सांसदहरूलाई दलको कार्यालय बोलाइएको छ ।
मंगलबार नेपाल पक्षका सांसदहरूलाई मात्रै खबर गरिएको थियो भने वुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर पुगेको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।