धनगढी – नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचन कैलालीबाट लड्ने बताएकी छिन् ।
कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।
म पहिले पनि यहाँ आएर चुनाव लडेको थिए, उनले भनिन्, ‘तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।
०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेकी थिइन् । उनी नेकपा एमाले का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । रानाले २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
हाल आरजु समानुपाती सांसद हुँदै मन्त्री बनेकी हुन ।