कञ्चनपुर- श्रीमतीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनलाई जिल्ला अदालत कञ्चनपुरले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । भट्टले श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।