काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३।५३ अंकले घटेर २५८३।२९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २।६९ अंकले घटेर ४४३।०८ अंकले घटेको छ।
यसदिन ३१९ स्क्रिप्सको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँमा खरदबिक्री भए। दोहोरो अंकले घटेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,बराही हाइड्रोपावर पब्लिक,न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा रिभर फल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ अर्ब बढीको कारोबार भयो।जानकी फाइनान्सको १२ करोड,पिपुल्स पावरको ९ करोड,नेपाल फाइनान्सको ८ करोड र भूगोल इनर्जी डेभलपमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८४ स्टक्सको मूल्य बढ्दा १५४ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।