आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।
शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भएपनि हालसम्म फेला पार्न सकेको थिएन । उनी प्रहरीलाई चक्मा दिँदै सुटुक्क अदालत पुगेकी हुन् ।
अदालत स्रोतका अनुसार न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको छ । इन्द्र कुमार राईको जाहेरीले भीमा देवी थापासमेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।
उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।