धनगढीः कैलालीमा छुट्टाछुट्टै तीनवटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर पाँच जना घाइते भएका छन्।
जिल्ला आपतकालिन कार्यसञ्चालक केन्द्र धनगढीले पठाएको विवरण अनुसार जिल्लाको गौरीगंगा, गोदावरी र धनगढीमा सवारी दुर्घटना भएका छन्। गौरीगंगा नगरपालिका–८ बडैपुरमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ३९४३ नम्बरको मोटरसाइकलले ७० वर्षीया पैदलयात्री महिलालाई ठक्कर दिँदा उनको टाउँको पछाडी चोट लागेको छ। घाइते महिलाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।
यस्तै गोदावरी नगरपालिका–७ लालपुर–टेकुला भित्री सडकमा मधेश प्रदेश ०३– ०३४ प ६२१८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिदा २० वर्षीय युवक वेहोस भएका छन भने १८ वर्षीय किशोरको दाहिनी खट्टा भाचिएको छ। यस्तै अर्का १८ वर्षीय किशोरसमेत घाइते भएका छन्।
घाइते तीनै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ श्रीलंकामा सुदूरपश्चिम प्रदेश ०१०१० प ९६४५ नम्बरको मोटरसाइकल पल्टिदा ३८ वर्षीय पुरुष घाइते भएका छन्। उनको निको मेडिकलमा उपचार भइरहेको छ।