भारतको तमिलनाडुमा भारी वर्षा भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जम्मा भएको छ ।
भारी वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लामा शुक्रबार विद्यालय बन्द गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार मदुरै र मायेलादुतुराईबाहेक अन्य प्रभावित जिल्लाका कलेक्टरले शुक्रबार विद्यालयमा बिदा दिने घोषणा गरेका हुन् ।
बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ । शुक्रबार ९डिसेम्बर १३० सम्म धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापका कारण तमिलनाडुमा भारी वर्षा भइरहेको हो ।