धनगढीः कैलालीको टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद गरिएको छ।
टीकापुर नगरपालिका ९ वालुवाटारको सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५३ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो। डायरी, बिभिन्न किसिमका औषधि लगायतका सामान प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।