धनगढीः कैलालीको धनगढी र जोशीपुरबाट अबैध मुल्यको सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी–२ शिसा पोष्ट, धनगढी–३ मायामेट्रो अस्पताल नजिक, धनगढी–१० इटाभट्टा नजिक, धनगढी–१२ बिरेघाट र जोशीपुर–२ मुद्दीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९८ हजार ७८० मूल्य बराबरको सामान बरामद गरिएको हो।
चिनी, मिश्री, बदाम, सुर्ती, पर्दा, कुर्सीको कभर, टेबुलको कभर, सुट पिस, सिद्रा माछा, किराना लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।