काठमाडौँ –काठमाडौं त्रिवि मैदान कीर्तिपुरमा आजदेखि सुरु लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको छ।
जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५।३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागी छन्।