दार्चुला – दार्चुलाको मालिकार्जुन जात्राबाट घर फर्किने क्रममा जिप दुर्घटनामा परि आमाबुबा दुबै गुमाएका सात वर्षीय बालक सन्दिप रावलका लागि तीन लाख बढी आर्थिक सहयोग संकलन भएको छ ।
२०८१ कार्तिक ३० गते राति मालिकार्जुन जात्रा हेरेर घर फर्किनेबेला शैल्यशिखर नगरपालिका(५ लेकगाउँका दम्पती ३० वर्षीय बिरेन्द्र रावल र २५ वर्षीया शान्ति रावल सहित आठ जनाको जिप दुर्घटनामा परि ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाएका बिरेन्द्र र शान्तिका एक मात्रै छोरा वर्ष ७ का सन्दिप रावल समेत सोही दुर्घटनामा परेपनि ज्यान जोगिएको थियो । सन्दिपका लागि स्वदेश र विदेशबाट आर्थिक सहयोग संकलन गरिएको छ ।
नेपालबाट दुई लाख ४५ हजार ९३९ रूपियाँ र भारतबाट ५७ हजार २०० रूपियाँ गरि संकलन भएको कुल रकम तीन लाख तीन हजार १३९ शोक सभा तथा सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ ।हरकसिंह रावलको संयोजकत्वमा लोकेन्द्र सिंह डागा, दानसिंह डागा, गोबिन्द सिंह रावल, प्रेमसिंह साउद, मेखराज रावल, करबिर रावल लगायतको टिमले आर्थिक सहयोग संकलन गरेका थिए । शुक्रबार ९आज० लोकेन्द्र डागाको अध्यक्षतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शैल्यशिखर नगरपालिका(५ का वडाअध्यक्ष जनक सिंह डागाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम सञ्चालक दानसिंह डागाले बताउनुभयो । उक्त कार्यक्रममा मदनसिंह रावल, प्रकाश चन्द, हरक सिंह रावल लगायतको आतिथ्यता रहेको थियो ।
शोकसभामा मृतक दम्पतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।