धनगढीः कैलालीमा चन्दा असुल्न खोजेको आरोपमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयोजकसहितका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अछामको तुर्माखाद गाउँपालिका–४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ३२ वर्षीय मुक्तिराम गैरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिसपी कबिन्द्रसिँह बोहराका अनुसरा बर्दगोरिया गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेको भनी गुनासो आएपछि इलाका प्रहरी कार्यालय बौनियाको टोलीले दुवै जनालाई बिहीवार पक्राउ गरिएको हो। उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेटसहित ३ थान ठेली नगदि रसिद समेत बरामद गरिएको छ। दुवै जना इलाका प्रहरी कार्यालय बौनीयाको नियन्त्रणमा छन्।