धनगढी
राज बोगटी
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष प्रेम बहादुर भण्डारीले पदको दुरुपयोग गर्दै आफ्नो पार्टीका उम्मेदवार मोहन थापालाई भोट हाल्न सेवाग्राही सँग वार्गिनिङ्ग गरिरहेका छन् । उपचारका लागी आउने बिरामीलाई भोट सँग औषधी साट्न उनले बाध्य पारिरहेका खुलासा भएको छ । स्थानीय अनमोल साउद दम टिभी रोगको उपचारपछि औषधी माग्दा चुनाव पछि औषधी मिल्ने भन्दै फर्काएका छन् ।
‘मलार्ई औषधीको एकदम जरुरत छ त्यसैले औषधीका लागी स्वास्थ्य चौकी पुगे तर मलाई त्यहाँ औषधी दिइएन । अध्यक्ष सँग औषधी माग गर्दा पहिला चुनावमा भोट हाल्नुस् अनि औषधी लैजानुहोला भन्नुभयो । नेपाली काङ्ग्रेसका तर्फबाटमा उम्मेदवार मोहन थापाले पहिला मलाई भोट हाल्नुस् अनि औषधीको व्यवस्थापन म गरौँला भन्नु भयो । मलाई औषधीको निकै जरुरत छ । तर उहाँहरूलाई चुनावमा भोटका लागी मेरो स्वास्थ्य सँग खेलबाड गर्दै हुनुहुन्छ,‘पूर्वीचौकी ६ का अनमोल साउदले भने ।
गाउँपालिकाको वडा नं ६ को अध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचन आफ्नो पक्षमा पार्न कार्यवाहक अध्यक्ष भण्डारीले सक्दो प्रयास गरिरहेका छन् । २०७९ मा काँग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको निधन पछि प्रेम बहादुर भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए ।
यता निवर्तमान वडाध्यक्ष भण्डारीले भने चुनावको व्यस्तताका कारण अहिले सेवा प्रवाहमा कठिनाइ आएको स्वीकार गरे । यो विषयमा मलाई धेरै थाह छैन । औषधी अभाव र चुनाव व्यस्थताका कारण बिरामीलाई औषधी दिन नसकेको हुँ । मैले कुनै व्यक्ती र पार्टीका लागी भोट मागेको छैन,‘भण्डारीले भने ।
हरितालिका तीजको वडा कार्यालयमा आयोजना गरेको तिज विशेष कार्यक्रममा वडा अध्यक्ष भण्डारीले मदिरा सेवन गरी महिलाहरू सँग नाचेको भिडियो आफ्नो फेसबुकबाट लाइभ भएपछि निवर्तमान वडाध्यक्ष भण्डारीले पुलिस चौकीमा पु¥याए विभिन्न खाले धम्की दिएको स्थानीय साउदको दाबी छ । त्यो घटना पछि भूकम्पमा भत्किएको मेरो घरका आएको आएको टिन लगायतका अनुदानबाट पनि कार्यवाहक अध्यक्ष भण्डारीले वञ्चित गरेको उनको भनाइ छ । साउदले काँग्रेसको तर्फबाटका उम्मेदवार मोहन थापालाई पनि भोट हाल्न दबाब दिएको आरोप लगाएका छन् ।
यद्यपि नेपाली काँग्रेसको तर्फका उम्मेदवार मोहन थापाले भने भोटका लागी वार्गिनिङ्ग नगरेको दाबी गरे । उनीहरूले औषधी पाएनौ स्वास्थ्य चौकीले भनेपछि हामी बुझौँला चुनाव जिते पछि यस्ता समस्याको व्यवस्थापन गरौला भन्ने आशय आफ्नो रहेको उनको भनाइ छ ।
वडाध्यक्ष पदमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आ आफ्ना उम्मेदवार खडा गरेका छन् ।
कुल एक हजार ५९३ मतदाता रहेको यस वडामा दुई मतदान केन्द्र कायम छन् । शिशु सुधार माध्यमिक विद्यालय गाजरी केन्द्रमा एक हजार ४०६ र शारदा आधारभूत विद्यालय बासकोटको अर्को मतदान केन्द्रमा १८७ मतदाता छन् ।