काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम रहेको छ । घाम चर्किन थाले पनि हुस्सु हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज घटेर ९ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने उहाँको भनाइ छ ।
यसैबीच, देशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली छ । आंशिक बदली र हुस्सुलागेका बाहेक अरु ठाउँमा मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर पश्चिमी वायु तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।