धनगढीः कैलालीको धनगढीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, भजनी नगरपालिका–७ शिबिर टोल र टीकापुर नगरपालिका– ९ ठोसे बजार स्थित भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४ लाख ८७ हजार ८५० मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त मूल्य बराबरको चिनी, हरियो खुर्सानी बदाम जुत्ता जुत्ती माछा भारतिय नम्बर प्लेटका मोटरसाइकल ३ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।