धनगढी- कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
चोरी मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सिह धामी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २६ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए। धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।