१२ कात्तिक, धनगढी । कैलालीमा ३३ ग्राम २७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वको टोलीले जिल्ला धनगढी उपमहानगरपालिका-१ को साथी होटल पछाडिको गल्लीबाट १० ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी-२ बस्ने २४ वर्षीय उमेश चौधरी र भारतको लखिमपुर पलिया बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन् ।
यस्तै अछामको चौरपाटी गाउँपालिका(१ घर भएर धनगढी उपमहानगरपालिका-४ बस्ने प्रियंका होटेलका संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले टिकापुर नगरपालिका-९ खग्रौला चेक पोष्ट नजिकैबाट
लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय उपेन्द्र साउदलाई १९ ग्राम ६८० मिलिग्रामसहित पक्राउ गरेको हो ।
साउँदले चलाएको सुपप्र ०१-००९ प ३४१६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २० वर्षीय रोशन शाहीलाई पनि पक्राउ गरिएको छ । शाहीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट शुद्ध तौल २१० मिलिग्राम लखैरो हेरोइन बरामद गरिएको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धानक भइरहेको कैलालीका प्रमुख उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए । विष्टले जिल्ला प्रहरी कार्यालयले चलाएको लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियान अन्तरगत उनीहरू पक्राउ परेको बताए ।