बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । उहाँको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताउनुभयो ।
असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ छानो नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।