धनगढी-मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)कैलाली अध्यक्ष तथा कामना प्याथोलोजी ल्याब सञ्चालक मीन बहादुर धामिले नेपाल पत्रकार महासङ कैलालीले स्थापना गरेको आकस्मिक कोषमा सहयोग गरेका छन् ।
पत्रकारहरूको उपचार र व्यवस्थापनका लागि स्थापना गरीएको कोषमा धामीले शुक्रवार ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । कोरोना सङ्क्रमित पत्रकारको उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले सहयोग गरेको धामीले बताए ।
‘पत्रकारहरू पनि उच्च जोखिममा छन्,धामीले भने,उहाँहरूको व्यवस्थापनमा लागी कोषमा मैले पनि व्यत्तीगत रूपमा सहयोग गरे।’
कोरोना महामारीबाट पत्रकारहरुपनि दिनानुदिन सङ्क्रमण हुन थालेपछि पत्रकार महासङ्घ कैलालीले बिहीबार मात्रै आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
पत्रकारहरूमा पनि दिनानुदिन सङ्क्रमण भइरहेकाले स्वास्थ्य उपचारका लागी रकम आवश्यक पर्न सक्ने भएको भन्दै महासङ्घ कैलालीले सो निर्णय गरेको हो ।
पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गर्दै कोष स्थापनाका लागी कार्य समिति सदस्य दीपक उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिको सदस्यमा कार्यसमिति सदस्य शङ्कर बोहरा र सुनिल आउँजी रहेका छन् । धामीले समिति संयोजक नेपाल मार्फत सहयोग हस्तान्तरण गरेका हुन ।