अछाम- अछामको चौरपाटी गाउँपाकिला वडा नम्बर ७ मार्कु स्थित श्री सान्नकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवद्र्धन विकास संस्था मार्कुको भेला सम्पन्न भएको छ। सान्नीकोट मन्दिरमा यहि असोज २५ गते मनाईने हिन्दु नेपालीहरुको महान चाँड वडा दशैंलाई लक्षित गरि भेला सम्पन्न भएको हो।
बिहीबार सान्नीकोट बज्रयोगिनी धार्मीक पर्यटन प्रवद्र्धन विकास संस्थाका अध्यक्ष गणेश बहादुर बोगटीको अध्यक्षतामा भएको भेलामा वडा अध्यक्ष ललित बहादुर बोगटी अन्य जनप्रतिनिधि, समाजसेवी सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीय स्थानीय सरोकारवालाहरुको उपस्तिथिमा भएको भेला सम्पन्न भएको हो।
मेलालाई मर्यादित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन्। जसमा कमल बोगटीको संयोजकत्वमा बोका दर्ता उपसमिति, खेम बोगटीको संयोजकत्वमा राँगा तथा हतियार दर्ता उपसमिति, धन बहादुर बोगटीको संयोजकत्वमा बोकाका टाउका व्यवस्थापन उपसमिति, र बल बोगटीको संयोजकत्वमा स्वयम सेवक समिति गठन गरिएका छन्।
विजया दशैंलाई भव्य रुपमा सफल पार्न समितिले तपसिलमा उल्लिखित नियमहरु पालना गर्ने र गराउने निर्णय समेत गरेको छ।
१। दिउँसो ३ः३० बजे देखि राँगाहरु सनकल्प हालेर छोड्न सुरु गरिने र राँगाहरु मन्दिरको प्रांगणमा पुगि सके पछि मात्र दर्ता गर्ने।
२।पूर्व ठुला गडा, पश्चिम पालेवन भित्र साझ ५ बजे देखि ७ बजे सम्म यातायात बन्दको लागि आव्हान गर्ने।
३।२०८१÷०६÷२६ गते संस्थाका पदाधिकारी जनप्रतिनिधि, विभिन्न उपसमितिका पदाधिकारीहरुले मन्दिर परिसरमा आएर सरसफाई गर्ने।
४।ठुला राँगाहरु कम संख्या अनुसार छोड्ने र त्यस पछि क्रमशः साना राँगाहरु पनि छोडिने छ।
५।राँगागरु मेन सडक भन्दा १ सय मिटर तल काट्नु पर्ने र सडक भन्दा माथि वा सडकमा काटेमा स्वयम सेवक वा हतियार दर्तावाललाई मेला समितिको निर्णय अनुसार जरिवाना गरिने छ।
६।हतियार अनिवार्य रुपमा दर्ता गराउने र सो हतियार रागा माथि प्रहार गर्दा मानवीय क्षेती वा कुनै किसिमले दुरुपयोग भएमा, चोट पटक लागेमा स्वयम व्यक्ति जिम्मेवार हुनु पर्ने छ।
७।मेला लाग्ने स्थान खौलामा कुनै पनि सवारी साधन प्रवेश गर्न पाईने छैन।
८।मेला अवधि भर मदिरा सेवन गरि होहल्ला वा मेलालाई विथोल्ने जस्ता कार्य गरेमा समितिको नियमानुसार जरिवाना गरिने।
९।व्यापारीहरुले मिति २०८१÷०६÷२५ गते विहान ७ बजे देखि बेलुका ८ बजेसम्म मदिरा विक्री वितरण गर्न पाईने छैन। यदि सो कार्य गरेको पाईएमा खानेलाई रु। ३,००० र विक्री गर्नेलाई रु। ५,००० जरिवाना गरिने छ।
१०। ठुला राँगा दर्ता शुल्क रु १०००÷– ,साना राँगा दर्ता शुल्क रु।५००÷– , बोका दर्ता शुल्क रु। १००÷– र हतियार दर्ता शुल्क रु। १५०० रहेको छ।