धनगढी-सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५ सय ९८ नमूना परीक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै अस्पतालमा १सय८ जनाको उपचार भईरहेको जनाएको छ । जसमध्ये १६ जनाआइसीयुमा र ९० जनाको अक्सिजन सर्पोटमा उपचार भईरहेको छ ।
अस्पतालबाट ४ जना कोरोनामुक्त हुँदा ११ जना अस्पताल भर्ना भएका छन् । २ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुरका– ४ का ५५ बर्षिय पुरुष र शुक्लाफाँटा– ११ का ५२ बर्षिया महिला रहेका छन् ।