अत्तरिया – कैलालीको गोदावरीबाट भन्सार छलीका अवैध कपडा बरामद गरिएको छ । प्रहरी टोलीले बिहिबार गोदावरी नगरपालिका – ४ हनुमान मन्दिर नजिक बेवारिसे अवस्थामा अवैध कपडा बरामद गरेको हो ।
जसअन्तरगत करिब २२ हजार ४ सयका सुट २८ पिस र४ हजार २ सयका कुर्ती १४ पिस गरि २६ हजार ६ सय रुपैया बराबरको अवैध सामान बरामद गरिएको इलाका प्रहरी कार्याल मालाखेतीले जनाएको छ ।