काठमाण्डौ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको आज शुभारम्भ गर्दै सभापति देउवाले पार्टीले संसद्मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गर्नुभयो । उहाँले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई त्यो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद दिनुभयो । उहाँले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो सहकारीसम्बन्धी कुरामा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त चलाख मान्छे हुनु हुँदोरहेछ । म त छक्कै परेँ कुरा सुनेर । गगनजीले जित्दिनुभयो, त्यस कारण धन्यवाद तपाईंलाई ।
सभापति देउवाले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडालाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो ।