धनगढी- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुभएको छ। एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मियाले सम्पूर्ण मुस्लिम समुदाय तथा समग्र मानव जातिलाई शुभकामना व्यक्त गर्नुभएको हो ।
यो विशेष दिनले हामीलाई आत्म निरीक्षण गर्ने र पैगम्बरु मोहम्मदको शिक्षालाई व्यवहारमा उतार्ने अवसर दिन्छ । उहाँको जीवनले सिकाएका मूल्यहरूलाई आत्मसात् गर्दै हामीले समाजमा फैलिएको घृणा, अन्याय र विभाजनलाई अन्त्य गर्नका लागि एकजुट हुनुपर्छ । पैगम्बर मोहम्मदको जन्म जयन्तीको यो पवित्र अवसरले सबैको जीवनमा शान्ति, खुसी र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु । यो दिनले हामीलाई प्रेम, करुणा र भाइचारा फैलाउन प्रेरित गरोस् र संसारमा शान्ति र एकताको भावना सुदृढ बनोस्, प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।