बैतडी- बैतडीको पाटन नगरपालिकामा एकै गाउँका चार जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टका अनुसार वडा नम्बर ५ वसन्तपुर कद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये एकजना बाहिरबाट आएका र अरु तीन जना गाउँमै बसोबास गर्ने बुझिएको उनले बताए । अब गाउँमै गएर चेकजाँच गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।