डडेल्धुरा- डडेल्धुरामा एक युवक मृत फेला छन् । पर्शुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदी किनारको छेउमा रहेको सिद्धनाथ सामुदायिक वनको पुर्तोली भन्ने भिरमा परिचय नखुलेका करिब २४ वर्षीय युवक मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।