अत्तरिया – कैलाली कञ्चनपुरबाट अवैध भन्सार छलिको सामान बरामद गरिएको छ । शुक्रबार गौरीगंगा नगरपालिका – १ चौमाला, भजनी नगरपालिका – ३ ठेकीपुल नजिक र कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समान बरामद गरिएको छ । जस अन्तरगत चिनी, लसुन, धोती, साडी, सुटपिस, ग्याँस पाइप, कराई, कचौरा, खेलौना लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ९९ हजार बराबरको उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
यस्तै शुक्रबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० जिमुवा बेलौरी नगरपालिका – २ बैजुडाडा बेलौरी नगरपालिका – ६ भुराकोट र ढक्का, बेलैरी नगरपालिका – १० एम्पीघाट र पुनर्वास नगरपालिका – ४ घ गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ६१ हजार ९२० रुपैया बराबरको समान बरामद गरिएको प्रहरीले जनाएको छ । जसअन्तरगत पेय पदार्थ बिडी सुर्ती सरप अण्डा मसला हार्डवेयका सामान, कस्मेटिक लगायतका सामानहरु रहेका छन ।