बैतडीः बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन्।
जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेका हुन्।
उनलाई ३१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बिहीवार पक्राउ गरेको प्रहरीले जनाएको छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।