काठमाण्डौ – एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फा काअनुसार लिग दुई चरणमा हुनेछ ।
लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब, ए, बी र सी डिभिजन क्लबबाट दुई टोली सङ्कटा र बाग्मती नगरपालिकाका दुई टोली वालिङ र चन्द्रपुर नगरपालिका तथा छनोट चरणका उत्कृष्ट तीन टोली कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।