धनगढी १५ भाद्र- जीवन बीमक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश गरेको छ । यो इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको हो।
वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान, सरसफाई र दन्त शिविर लगायतका कार्यक्रम गरेको छ।
कम्पनीको धनगढी शाखाले शिवपुरी मन्दिर परिसर सरसफाई गरेको छ।
धनगढी शाखा प्रमुख विक्रम बोगटी को नेतृत्वमा कार्यालयका कर्मचारी र एजेन्सी म्यानेजर तथा विभिन्न एजेन्सीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो। सरसफाई कार्यक्रमपछि बोल्दै शाखा प्रमुख बोगटीले सामाजिक दायित्व अन्तर्गत मन्दिर परिसर सरसफाई गर्न पाउँदा खुसी लागेको बताए।
साथै उनले कम्पनीको प्रगतीमा योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा बीमित र शेयरधनी दुबैलाई अझै राम्रो प्रतिफल प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए ।