बैतडीः बैतडीमा सर्पले डसेर एक जना घाइते भएका छन्।
जिल्लाको पाटन नगरपालिका–५ कुलाडाका २८ बर्षीय मनोजसिंह ठगुन्ना सर्पले डसेपछि घाइते भएका हुन।
आज मंगलवार बिहान साढे ५ बजे गौराघरबाट आफ्नो घर जाँदै गरेका ठगुन्नालाई बाटोमा सर्पले डसेको थियो। ठगुन्नाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।