काठमाडौं-पछिल्लो २४ घण्टामा थप आठ हजार एक सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या हालसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते दुई सय २५ जनाको मृत्यु भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने सात हजार नौ सय ८९ रहेको छ ।