काठमाण्डौ – उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ललितपुरमा रहेको हरिसिद्धि क्यान्सर अस्पतालमा मस्तिष्क क्यान्सरको उपचारका क्रममा रहेका रेग्मीको गएराति निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
६१ वर्षका रेग्मीको निधनको शोकमा उच्च अदालत पाटनको सबै काम कारबाही आज बन्द हुने भएको छ । उहाँ न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त हुनुभएको थियो ।
पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मीका श्रीमती र छोरी छन् ।