कोरोना संक्रमण झन बढ्न थालेको भन्दै कैलालीमा निषेधाज्ञा थप गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले जेठ १३ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
निषेधाज्ञामा सरकारी बैंक बाहेक सबै बैंक बन्द गरिने जनाइएको छ । औसधि उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिबन्द लगाइएको छ । विवादको लागि ब्यानर सहित दुलाह दुलही राखेर बढीमा २ गाडि ५÷५ जना गरी १० जना मात्रै जान पाउने बताइएको छ ।
यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म, बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म र बैशाख मसान्तदेखि जेठ ६ गतेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।
कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै जिल्लामा थप कडाइ सहित निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।