काठमाडौं- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउनको समस्या समाधान भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने मेसेज नजानेल गायतको समस्या देखिएको थियो ।अहिले समस्या समाधान भएर फोन लगात अन्य समस्याहरु समाधान हुने क्रममा रहेको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर प्रमुख विशाखा खड्का कुवरले बताइन् । उनले भनिन्, ‘बाटो निर्माण गर्ने।क्रममा फाइबर काटिएको थियो । अहिले त्यो समस्या समाधान भएको छ ।’
एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ मिनेटदेखि समस्या आएको बताएको थियो । सेवा सूचारु भएको सूचना निकाल्ने एनसेलले बताएको छ ।