बैतडीः बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ।
रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २०र२१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए।
भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए। महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए। उनको शव रेलको लिकमा फेला परेको थियो।