अत्तरिया – कञ्चनपुरको महेन्द्रनगरमा २ किशोर बस्दै आएको कोठामा लागू औषध खैरो हेरोईन भेटिएको छ । शनिबार नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले लागू औषध सहित २ किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका – ४ घर भइ हाल भिमदत्त नगरपालिका – ४ भासीमा कोठा लिएर बस्दै आएका १८ वर्षीय किशोर र बैतडीको सुर्नया गाउँपालिका – ४ घर भएका १८ वर्षीय किशोर रहेका छन ।
उनीहरु कोठामा बसिरहेको अवस्थामा शंका लागि खाँनतलासी गर्दा लागू औषध सहित पक्राउ परेका हुन ।उनीहरुको साथबाट लेदरको झोला भित्र लुकाई राखेको अवस्थामा ०।७८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद २३ हजार ६ सय बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।